१०० डलर नजिक पुग्यो तेलको मूल्य
reportersnepal.com · Wed Sep 09 05:43:48 GMT 2026

काठमाडौँ । विश्व बजारमा बुधबार कच्चा तेलको लगातार चौथो दिन पनि बढेको छ । पश्चिम एसियामा द्वन्द्व चर्किँदै गएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको हो । उक्त दिन लन्डनस्थित आईसी एक्सचेन्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १०० डलर नजिक पुगेको छ ।
यसले एसियाली सेयर बजारमा पनि तेलको भाउको दबाब देखिएको छ । तेलको भाउमा भइरहेको वृद्धिले महँगी थप बढाउन सक्ने चिन्तबिच लगानीकर्ताको ध्यान अमेरिकी उपभोक्ता मूल्यसम्बन्धी तथ्याङ्कतर्फ केन्द्रित भएको छ ।
Read full story at source (reportersnepal.com)