सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
nepalnews.com · Wed Sep 09 05:39:45 GMT 2026

चितवन। ७५ कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली थिए । यो अवस्था पछिल्ला दिनहरूमा नियमितजस्तै भनेको छ । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको बुकिङ ६० प्रतिशत थियो । भोटेकोसीसँगै सडक सञ्जालमा आएको अवरोधलगायतका कारण ती बुकिङ रद्द हुँदा होटल सुनसान छ।
अध्यक्ष पाण्डेले आफ्नोजस्तै अन्य होटलको पनि अवस्था उस्तै रहेको जानकारी दिए । नेपालमा सीमित भू–भागबाहेक अन्य क्षेत्रमा बाढीको कुनै प्रभाव छैन । कृष्णभिरको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भए पनि वैकल्पिक सडक सञ्चालनमा छन् । यद्यपि, पर्यटकहरूले धमाधम बुकिङ रद्द गरिरहेका छन् । यस महिनाका बुकिङ सबै रद्द भएको उनले बताए ।
Read full story at source (nepalnews.com)