श्वास रहेसम्म दाइजोविरुद्ध लडिरहेने छु : उपसभामुख ठाकुर
annapurnapost.com · Sun May 24 11:05:17 GMT 2026

मलंगवा : उपसभामुख रुबिकुमारी ठाकुरले श्वास रहेसम्म दाइजोविरुद्धको लडाई लडिरहने बताएकी छिन् । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बाल विवाह एवं दाइजो प्रथा उन्मुलनका लागि बृहत सभामा उपसभामुख ठाकुरले छोरा सरह छोरीलाई व्यवहार गरे समाजबाट दाइजो प्रथाको अन्त्य हुने बताएकी छिन् । दाइजोका कारण मधेशमा अहिले छोरीको गर्भमै हत्या हुने गरेको बताइन् । उनले कतिपय छोरी–बुहारी दाइजोकै कारण मारिएको पनि बताएकी छिन् ।
‘बाल विवाह जिन्दगी तबाह, दाइजो हटाऔं छोरी बचाऔं’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा ठाकुरले खास गरेर मधेशमा दाइजो प्रथाले जरो गाडेको बताएकी छिन् । अहिले यसको प्रभाव नेपालभरी नै फैलिएको ठाकुरले बताएकी छिन् । मधेशमा क्यान्सर सरह दाइजो प्रथा फैलिएको छ । कुरामा होइन व्यवहारमा परिवर्तन नभएसम्म दाइजो प्रथाको अन्त्य नहुने ठाकुरले बताइन् । उनले भनिन्, ‘छोरा सरह छोरीमाथि विश्वास गर्न जरुरी छ। छोरा सरह छोरीलाई पनि शिक्षा दिएर सशक्त बनाउन अहिलेको आवश्यकता छ । आमा–बुबाले जसरी आफ्नो छोरीलाई माया गर्छ, त्यसरी नै बुहारीलाई सम्मान गर्नुपर्छ ।’
Read full story at source (annapurnapost.com)