उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने
rajdhanidaily.com · Wed Sep 09 05:51:31 GMT 2026

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका लागि सधैँको गलपासो बन्दै आएको छ । गत याममा उद्योगलाई उखु बेचेका किसान छ महिना भइसक्दासम्म पैसा नपाएपछि समस्यामा परेका हुन् । यहाँको धन्कौल गाउँपालिका–२ मा रहेको अन्नपूर्ण चिनी उद्योगले गत याममा मा उखु खरिद गरेको भुक्तानी अझै किसानलाई दिएको छैन ।
धन्कौल गाउँपालिका–३ निवासी कैलाश पासवानले उद्योगलाई दिएको ३०० क्विन्टल उखुको आंशिक रकममात्र पाएको बताए । उनले ५० कट्ठा खेतमा उखु लगाएको छ । यसमध्ये आफ्नो २० कट्ठा र बाँकी ठेक्कामा लिएको हो । उखु बेचेको पैसा समयमा पाए समयमै ठेक्का बुझाउने उनलाई हतारो छ । कबोल गरेको समयमा ठेक्का रकम नतिरे साहुलाई ब्याज बुझाउनुपर्ने चिन्ता उनले व्यक्त गरे ।
Read full story at source (rajdhanidaily.com)