किम्रुङखोलामा पानीको बहाव पुरानै अवस्थामा, जोखिम टर्याे
kendrabindu.com · Wed Sep 09 05:53:28 GMT 2026

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको बहाव आज बिहानदेखि पूर्ववत् अवस्थामा फर्किएको छ । मंगलबार साँझ खोलाको पानीको बहाव घटेपछि खोला थुनिएको हुनसक्ने आशंकामा रातभर उच्च सतर्कता अपनाइएको थियो ।
अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार अहिले किम्रुङखोलाको बहाव सामान्य अवस्थामा बगिरहेको छ । माथिल्लो क्षेत्रमा पहिरो गएर खोला थुनिएको हुनसक्ने आशंकामा जानकारी लिने काम गरिए पनि हाल जोखिम देखिएको छैन ।
Read full story at source (kendrabindu.com)