गोरखामा धानबालीमा जिंकको कमीले ब्लास्ट रोगको प्रकोप
gorkhapatraonline.com · Wed Sep 09 05:50:12 GMT 2026

गोरखा जिल्लाका विभिन्न क्षेत्रमा वर्षे धानबालीमा जिंक तत्त्वको कमीका कारण ब्लास्ट रोगको समस्या देखिन थालेको छ । जिल्लाका धान उत्पादन हुने क्षेत्र पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाका विभिन्न फाँटमा ब्लास्ट रोगको प्रकोप देखिन थालेको कृषि विकास कार्यालय गोरखाका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।
पालुङटार नगरपालिकाका फाँट तथा सिरानचोक गाउँपालिकाका दरौँदी फाँटमा किसानले लगाएको धानबालीमा ब्लास्ट रोगको प्रकोप देखिएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानको धानबालीमा पुगेर अनुगमन गर्दा जिंक तत्त्वको कमीका कारण ब्लास्ट रोग तथा ब्याक्टेरियल लिफ ब्लाइटको समस्या देखिएको छ ।”
Read full story at source (gorkhapatraonline.com)