मेटाले ल्यायो पर्सनल एआई एजेन्ट, इमेल पठाउनेदेखि पैसा तिर्ने काम पनि गरिदिन्छ
ratopati.com · Wed Sep 09 05:56:24 GMT 2026

क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाले १८ वर्ष वा त्यसभन्दा माथिका प्रयोगकर्ताका लागि व्यक्तिगत एआई एजेन्ट सार्वजनिक गरेको छ । कम्पनीले यसको नाम म्यूज राखेको छ । मेटाका अनुसार म्यूजले सामान्य च्याटबोटले जस्तै जानकारी त दिन्छ नै प्रयोगकर्ताको तर्फबाट विभिन्न डिजिटल कामसमेत गर्न सक्छ । यो सेवा हाल अमेरिकामा मात्रै उपलब्ध छ ।
म्यूजले इमेल पठाउने, यात्रा बुक गर्ने, अनलाइन किनमेल गर्ने र फर्म भर्ने जस्ता काममा सहयोग गर्न सक्ने कम्पनीले बताएको छ । प्रयोगकर्ताले म्यूजको छुट्टै एप वा ह्वाट्सएपमार्फत यससँग कुराकानी गर्न सक्छन् । यसको अर्को विशेषता लामो समयका लक्ष्य प्राप्तिमा सहयोग गर्नु पनि हो । एक वर्षको व्यायाम योजना बनाउने वा नयाँ व्यवसाय सुरु गर्ने जस्ता लक्ष्यलाई म्यूजले चरणबद्ध कार्ययोजनामा बदल्न सहयोग गर्न सक्छ ।
Read full story at source (ratopati.com)