डेरी घ्यू भन्दै 'बेकरी सर्टेनिङ' बिक्री, कानुनी कारबाही र अनुगमन तीव्र
gorkhapatraonline.com · Sun May 24 11:35:47 GMT 2026

डेरी घ्यू जस्तो देखिने वनस्पति घ्यू (बेकरी सर्टेनिङ) लाई शुद्ध घ्यू भन्दै उपभोक्तालाई झुक्याएर बिक्री वितरण गर्ने गरेको खुलेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, तनहुँले आफ्नो कार्यक्षेत्र भित्र पर्ने छिमेकी जिल्लामा अनुगमन र कारबाही सुरु गरेसँगै यस्तो अनुचित व्यापारिक क्रियाकलाप सार्वजनिक भएको हो ।
डिभिजन कार्यालय, पालुङटार नगरपालिका गोरखा र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको संयुक्त अनुगमन टोलीले ठाँटीपोखरी बजारमा बेकरी सर्टेनिङ लक्षित अनुगमन गरी अवैध सामग्री जफत गरेको छ । टोलीले सङ्घीय सरकार तथा स्थानीय तहले समेत प्रतिबन्ध लगाएको १० केजी तौलभन्दा कमका (आधा केजीका बट्टा) बेकरी सर्टेनिङ जफत गरी नष्ट गर्ने प्रक्रिया अघि बढाएको छ । अधिकतम खुद्रा मूल्य (एमआरपी) का आधारमा जफत गरिएको सामग्री करिब ३३ हजार आठ सय ८० रुपियाँ बराबरको रहेको छ ।
Read full story at source (gorkhapatraonline.com)