रसुवा बाढी : पाँच हजारभन्दा बढी अझै सम्पर्कविहीन
baahrakhari.com · Wed Sep 09 06:20:58 GMT 2026

काठमाडौं । रसुवा बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा मानवीय क्षति एक हजार ३६७ पुगेको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार (भदौ २४) बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेटअनुसार विभिन्न जिल्लाबाट हालसम्म एक हजार ३६७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो ।
प्राधिकरणका अनुसार, सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा ३६३, नुवाकोटमा १९७, रसुवामा १७४, नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २२६, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका छन् । काठमाडौंमा उपचारका क्रममा रहेका दुईजनाको पनि मृत्यु भएको उल्लेख छ ।
Read full story at source (baahrakhari.com)