साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक
gorkhapatraonline.com · Sun May 24 11:51:33 GMT 2026

साहित्यकार शरद गौतमको पहिलो मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ को घोराहीमा सार्वजनिक भएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा आइतबार आयोजित समारोहमा साहित्यकार एवं प्राज्ञिक व्यक्तित्व उत्तमकृष्ण मजगैया, राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनाल लगायतका अतिथिले सो सङ्ग्रहको संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।
विमोचित कृतिको समीक्षा गर्दै साहित्यकार डा. हिमलाल पन्थीले भावना, लय एवं वर्णविन्यासका दृष्टिले पुस्तक उत्कृष्ट रहेको बताउनुभयो । उहाँले सङ्ग्रहले सामाजिक यथार्थको सशक्त चित्रण गर्दै समाज सुधारका निम्ति मुक्तकका माध्यमबाट ओजपूर्ण सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो । जन्मभूमिप्रतिको प्रेम, सरल भाषाशैली र प्रभावकारी प्रस्तुति सङ्ग्रहका मुख्य विशेषता रहेको चर्चा गर्दै डा. पन्थीले यसभित्र सामाजिक विषयवस्तुका साथै हास्य, व्यङ्ग्य र आक्रोशका विविध रङ समेटिएको बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)