आगोले गम्भीर घाइते भएकी सुष्माको मृत्यु
annapurnapost.com · Wed Sep 09 06:37:18 GMT 2026

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–४ की ४६ वर्षीया सुष्मा भण्डारीको आगलागीमा परेको १० दिनपछि मृत्यु भएको छ । प्रहरीका अनुसार भदौ १५ गते बिहान घरको भान्सामा चिया पकाउने क्रममा ग्यास लिक भएपछि सुष्माको शरीरमा अचानक आगो सल्किएको थियो ।
आगलागीबाट टाउको,अनुहार,बाँया हात र दुवै खुट्टामा गम्भीर चोट लागेको थियो । घटनापछि उनलाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । अस्पतालमा उपचाररत सुष्माको बुधबार बिहान ७:५० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
Read full story at source (annapurnapost.com)