अर्घाखाँचीको पाणिनीका कर्मचारीले पाँच दिनको तलब बाढीपीडितका लागि दिने
annapurnapost.com · Thu Aug 27 08:22:22 GMT 2026

अर्घाखाँची : रसुवा लगायतका बाढी प्रभावित क्षेत्रमा पीडित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अर्घाखाँचीको पाणिनी गाउँपालिकाका कर्मचारीहरूले आफ्नो पाँच दिन बराबरको तलब सहयोग गर्ने भएका छन्।
पाणिनी गाउँपालिकाका कर्मचारीहरूको आकस्मिक बैठकले विपद्का बेला मानवीय सहयोगमा हातेमालो गर्ने निर्णय गर्दै सबै राष्ट्रसेवक कर्मचारीको मासिक तलबबाट पाँच दिन बराबरको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनालले बताएका छन्।
Read full story at source (annapurnapost.com)