एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
baahrakhari.com · Wed Sep 09 06:53:22 GMT 2026

काठमाडौं । एनसेलले स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ । भोटेकोसी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको खोज, उद्धार र राहत कार्यलाई सहज बनाउन तथा आपतकालीन अवस्थामा समेत सञ्चार अवरुद्ध नहोस् भन्ने उद्देश्यले उक्त सेवा उपलब्ध गराउने भएको हो ।
युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको बताएको छ ।
Read full story at source (baahrakhari.com)