प्रमाण दिएको छु,तर मेरो घर जलाउनेलाई कारबाही गर्नुको साटो राज्यले नै संरक्षण गरिरहेको छ : महेश बस्नेत
annapurnapost.com · Wed Sep 09 07:04:40 GMT 2026

भक्तपुर : नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री महेश बस्नेतले जेनजी आन्दोलनका नाममा आफ्नो निजी घर जलाइएको भन्दै आक्रोश व्यक्त गरेका छन्। सूर्यविनायक-७ गुण्डुस्थित उनको जलाइएको घरको प्राङ्गणमा बुधबार आयोजित भन्डाफोर तथा विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सचिव बस्नेतले पीडित आफ्नो परिवारलाई प्रहरी र राज्यले न्याय नदिएको बताएका हुन्।
आफ्नो घरसँगै बुवाआमाको पसिनाको कमाई,छोराछोरीको बाल्यकालको सम्झना सबैथोक जलाइनुका साथै आफ्नो बुवाआमा र श्रीमतीलाई समेत जिउँदै जलाउन प्रयास गरिएको उनले स्मरण गरे। ‘त्यो क्रुर घटनापछि मेरो आमा एन्जाइटीको बिरामी हुनुभएको छ, बुवाको दुईपटक मुटुको भल्भ फेर्नुपर्यो।’उनले भने, ‘योजनावद्धरुपले हाम्रो परिवारलाई आर्थिक, भौतिक, मानसिक र भावनात्मकरुपले तहसनहस पारियो।’
Read full story at source (annapurnapost.com)