राहत कोषमा एआईए स्कुलको १ लाख ३३ हजार सहयोग
baahrakhari.com · Wed Sep 09 07:03:01 GMT 2026

काठमाडौं । राजधानीको शंखमुल चोकमा रहेको अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए स्कुल) ले हालै रसुवाको भोटेकोसी नदीमा आएको प्रलयकारी बाढीबाट विपद्मा परेका परिवारजनको सहयोगार्थ कुल १ लाख ३३ हजार ८९८ रुपैयाँ सहयोग प्रदान गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारी एवम् विद्यालय सञ्चालकहरूका तर्फबाट संयुक्त रूपमा रकम उठाई उक्त एकमुष्ट रकम प्रधानमन्त्री राहत कोषमा चेकबाट जम्मा गरिएको कुरा विद्यालयका प्राचार्य विष्णुप्रसाद अर्यालले बताए ।
Read full story at source (baahrakhari.com)