पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प
lokaantar.com

मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।
आज दिउँसो ४ बजे सडक मुनीबाट पहिरो जाँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालले जानकारी दिए । सडक मर्मतका क्रममा पहिरो गएको उनको भनाइ छ ।
Read full story at source (lokaantar.com)