बाढीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३६७ पुग्यो, पाँच हजारभन्दा बढी सम्पर्कविहीन
hamrakura.com · Wed Sep 09 00:00:00 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा मानवीय क्षति एक हजार ३ सय ६७ पुगेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान ११ बजे सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार विभिन्न जिल्लाबाट सो सङ्ख्यामा शव फेला परेका हुन्।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १७४, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ वटा फेला परेका छन्। यसैगरी, काठमाडौँमा उपचारका क्रममा रहेका दुई जनाको पनि ज्यान गएको छ। हालसम्म १०२ वटा शवको सनाखत गरी आफन्तको जिम्मा लगाइएको छ भने सनाखत हुन बाँकी शवका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुईवटा फोटो र नाता प्रमाणित कागजातसहित सम्पर्क गर्न आग्रह गरिएको छ।
Read full story at source (hamrakura.com)