काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै
canadanepal.com · Wed Sep 09 07:29:53 GMT 2026

बनेपा - काभ्रेपलाञ्चोकका बाढीपहिरोपीडितले विपद्को दुई वर्ष बितिसक्दा पनि स्थायी आवास पाउन सकेका छैनन् । क्षतिको नापजाँच, लाभग्राही पहिचान, प्रमाणीकरण, सम्झौता र अनुदान निकासीजस्ता सरकारी प्रक्रियामा ढिलाइ हुँदा उनीहरू अझै अस्थायी टहरा र आफन्तको आश्रयमा बस्न बाध्य छन् ।
विसं २०८१ असोज ११ र १२ गतेको विनाशकारी बाढीपहिरोले जिल्लाका १३ वटै स्थानीय तह प्रभावित भएका थिए । उक्त विपद्मा ८१ जनाको मृत्यु, छ जना बेपत्ता र ८८ जना घाइते भएका थिए । निजी आवासमा ठूलो क्षति पुगेपछि धेरै परिवार टेन्ट, अस्थायी टहरा तथा आफन्तको घरमा आश्रित भएका थिए ।
Read full story at source (canadanepal.com)