सुकुम्वासीहरुलाई सार्न थालियो नागार्जुन अपार्टमेन्टमा
kendrabindu.com · Sat May 09 07:44:22 GMT 2026

काठमाडौं । सरकारको सम्पर्कमा आएका सुकुम्वासीहरुलाई काठमाडौंको नागार्जुन नगरपालिकास्थित अपार्टमेन्टमा सार्न थालिएको छ ।
हालसम्म गोङ्गबु बसपार्कका विभिन्न होटलहरूमा बस्दै आएका ४० परिवारका ९३ जनालाई सो अपार्टमेन्टमा राखिएको बताइएको छ । सुकुम्वासी र न्यून आय भएका व्यक्तिहरुका लागि सरकारले चारवटा ठूला अपार्टमेन्ट बनाएको छ । सरकारले १२ करोड रुपैयाँ लगानी गरेर दुई स्थानमा निर्माण गरेका यी भवनमध्ये एउटामा १०० र अर्कोमा १२४ फ्ल्याट छन् ।
Read full story at source (kendrabindu.com)