‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’
nepalnews.com · Wed Sep 09 07:43:45 GMT 2026

रसुवा । सरकारले हेलिकप्टरमार्फत बाढी प्रभावित जनतालाई नुन–तेल, खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी उद्धारसँगै राहत वितरणलाई प्राथमिकता दिएको छ।
बाढीपछि सडकमार्ग विच्छेद भएका हाकु, गत्लाङलगायतका गाउँबस्तीमा आज पनि दुई वटा हेलिकप्टरमार्फत अत्यावश्यक सामग्री ढुवानी भइरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दु्रवप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार नेपाली सेनाको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरी सम्मिलित सुरक्षाकर्मीको टोली उद्धार तथा राहत वितरणमा संलग्न सबै पक्षसँग समन्वय र सहकार्य गर्दै उद्धारसहित राहत वितरणमा अहोरात्र खटिएको छ।
Read full story at source (nepalnews.com)