स्कारपियो जाँच गर्दा भेटियो १२३ बोतल ‘कोरेक्स’, चालक पक्राउ
kendrabindu.com · Wed Sep 09 07:41:21 GMT 2026

सिरहा । विशेष सूचनाका आधारमा प्रहरीले सिरहाको लहानबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीले लहान नगरपालिका–३ स्थित ठाडी रोडमा जाँचका क्रममा स्कारपियो जिपबाट १२३ बोतल लागुऔषध बरामद गरेको हो ।
बुधबार बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा सञ्चालन गरेको जाँचका क्रममा स.१च १४१४ नम्बरको स्कारपियो रोकेर जाँच गर्दा गाडीभित्र कोरेक्स–सी १०० एमएलका १२३ बोतल फेला परेको प्रहरीले जनाएको छ ।
Read full story at source (kendrabindu.com)