जेन–जी आन्दोलन राज्यको स्रोत नियन्त्रणमा लिने खेल थियो: महेश बस्नेत
barnanmedia.com · Wed Sep 09 07:39:50 GMT 2026

काठमाडौँ। नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यको स्रोत, साधन र सामथ्र्यलाई नियन्त्रणमा लिने उद्देश्यले जेन–जी आन्दोलनका नाममा निश्चित मानिसहरूलाई स्थापित गर्ने खेल भएको दाबी गरेका छन्।
बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले आफूहरूले विगतमा अपराधमा संलग्न व्यक्तिविरुद्ध दिएका जाहेरी तथा पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्तिहरूमाथि समेत कारबाही नभएको भन्दै प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाएका छन्। दोषीमाथि कारबाही नहुनुले प्रहरी संयन्त्रसमेत घटनामा संलग्न रहेको आशङ्का पैदा भएको उनको भनाइ छ।
Read full story at source (barnanmedia.com)