जापानमा सुष्मालाई स्वर्ण
baahrakhari.com · Sun Apr 28 18:00:05 UTC 2024
काठमाडौं । नेपालकी सुष्मा श्रेष्ठले आइतबार २०औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा स्वर्ण पदक जितेकी छन् ।
जापानको ओसाका शहरमा रहेको साकाइस्थित ओहामा स्टेडियममा भएको प्रतियोगितामा नेपालले एक स्वर्ण, छ रजत र चार काश्यसहित कूल ११ पदक हासिल गर्यो । नेपाललाई एक मात्र स्वर्ण पदक दिलाउने सुष्मा ६२ केजी मुनि तौल समूहमा च्याम्पियन बनेकी हुन् । उनले फाइलमा जापानकी उमेकावा आयुमीलाई १२–९, ३–० ले हराइन् ।
Read full story at source (baahrakhari.com)