इलाम २ : चुलाचुली १ मा पहिचान पक्षधरका थेगिमले पाए सबैभन्दा बढी मत
nepalpress.com · Sun Apr 28 18:06:34 UTC 2024

विराटनगर । इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनीधिसभा उपनिर्वाचनमा चुलाचुली गाँउपालिका वडा नम्बर १ मा पहिचान पक्षधरका उम्म्दवार डेकेन्द्र सिंह थेगिमले सबैभन्दा बढी मत ल्याएका छन् ।
पहिचानवादीको गढको रुपमा चिनिएको सो वडामा डेकेन्द्रले १०३० मत पाएका छन् । एमालेका सुहाङ नेम्वाङले ६१४ र कांग्रेसका डम्बर खड्काले ५०९ मत पाएका छन् । सो वडामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले वडाअध्यक्षसहित सबै सदस्य जितेको छ ।
Read full story at source (nepalpress.com)