बाढीले सडक बगाएपछि रसुवा जाने बाटोमा हिलो र जामको हैरानी
kalakarmi.com · Wed Sep 09 08:04:25 GMT 2026

काठमाडौं- भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्गमा ठूलो क्षति पुगेपछि यातायात सेवा प्रभावित भएको छ ।
बाढीका कारण त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएका कारण रसुवा सदरमुकामसम्म यातायात पहुँच कायम गर्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । तर उक्त मार्ग यात्रा गर्न अत्यन्तै कठिन बनेको छ । काठमाडौं, छहरे, बाहुनबेंसी, सरमथली, भोर्ले, ल्याचाङ हुँदै कालिकास्थानबाट धुन्चे पुग्ने बैकल्पिक मार्गमा सवारीको चाप र हिलोका कारण आवात जावात गर्ने सवारी साधन र यात्रा गर्ने मानिसहरुलाई हिन्नलाई कठिन भइरहेको छ ।
Read full story at source (kalakarmi.com)