विपद्पछिको स्वास्थ्य व्यवस्थापनलाई दीर्घकालीन र प्रणालीगत बनाउन मन्त्रालयको जोड
clickmandu.com · Wed Sep 09 08:03:16 GMT 2026

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्पछिको स्वास्थ्य व्यवस्थापनलाई राहत र तत्कालीन प्रतिकार्यमा मात्र सीमित नराखी दीर्घकालीन स्वास्थ्य तयारी, प्रभावकारी सूचना प्रणाली, औषधि आपूर्ति र स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्ने गरी प्रणाली विकास गर्नुपर्नेमा जोड दिएको छ।
मन्त्रालयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा बुधबार आयोजित विपद्पछिको स्वास्थ्य प्रतिकार्य तथा पुनर्स्थापनासम्बन्धी विज्ञ परामर्श तथा सुझाव संकलन बैठकमा विपद्पछिको स्वास्थ्य अवस्था, देखिएका चुनौती तथा आगामी दिनमा मन्त्रालयले अवलम्बन गर्नुपर्ने रणनीतिबारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग विस्तृत छलफल गरिएको हो ।
Read full story at source (clickmandu.com)