सांसद विकको प्रश्न : जेनजी आन्दोलनलाई किन बदनाम गरियो ?
ratopati.com · Wed Sep 09 08:10:53 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले हरेक आन्दोलनले परिवर्तनको रूप बोक्ने भन्दै त्यसको मर्मलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा सांसद विकले भदौ २३ र २४ को जेनजी आन्दोलनका सन्दर्भमा सरकारको भूमिकालाई लिएर प्रश्न उठाएकी हुन् ।
सांसद विकले भनिन्, ‘हरेक आन्दोलन र युद्धले परिवर्तनको रूप बोकेका हुन्छन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले पनि एउटा ठुलो परिवर्तनको रूप बोकेको थियो। तर, त्यस आन्दोलनका उपलब्धिहरूलाई राज्यले रक्षा गर्न सक्यो कि सकेन भन्ने अहिले ठुलो चुनौतीको विषय बनेको छ।’
Read full story at source (ratopati.com)