पहिरो पन्छाएर कर्णाली राजमार्ग एकतर्फी खुल्यो
gorkhapatraonline.com · Wed Sep 09 08:10:48 GMT 2026

कर्णाली राजमार्ग सडकखण्ड दैलेखको दुल्लु नगरपालिका–१ स्थित भम्लुको खोलामा खसेको सुख्खा पहिरो पन्छाएपछि कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । गएराति पहिरो खसेर अवरुद्ध भएको सडक बुधबार बिहान ११ बजेदेखि एकतर्फी रूपमा खुलाइएको हो ।
मङ्गलबार राति करिव ८ बजेतिर राजमार्गअन्तर्गत भम्लुको खोलामा माथिबाट सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरोका कारण कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेका ३० वटा सवारीसाधन रातभर रोकिएका थिए ।
Read full story at source (gorkhapatraonline.com)