हिमताल जोगाउने वैज्ञानिकको नयाँ प्रयोगः हिउँमाथि भेडाको ऊन
kalakarmi.com · Wed Sep 09 08:14:33 GMT 2026

जेनेभाû स्विट्जरल्याण्डमा तीव्र गतिमा पग्लिरहेका ग्लेसियर जोगाउन वैज्ञानिकहरूले नयाँ र प्राकृतिक उपायको परीक्षण थालेका छन् । पश्चिमी स्विट्जरल्याण्डस्थित त्सानफ्लुरोन ग्लेसियरमा वैज्ञानिकहरूले भेडाको ऊनबाट बनेका दुई वटा ठूला आकारका ओढ्ने बिछ्याएर गर्मीयाममा हिउँ पग्लिने दर कम गर्न सकिन्छ कि सकिँदैन भन्ने परीक्षण गरिरहेका छन् ।
ग्लेसियरको हिउँलाई चर्को घाम र बढ्दो तापक्रमबाट जोगाउन यसअघि नै विशेष प्रकारका सिन्थेटिक ओढ्ने प्रयोग हुँदै आएका छन् । यस्ता ओढ्नेले सूर्यको प्रकाश परावर्तन गर्ने भएकाले हिउँसम्म पुग्ने ताप कम हुन्छ र पग्लिने प्रक्रिया केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । तर ती ओढ्ने प्लास्टिकबाट बनेका हुने भएकाले समय क्रममा माइक्रो फाइबर अर्थात् प्लास्टिकका सूक्ष्म रेशा वातावरणमा मिसिन सक्ने चिन्ता छ ।
Read full story at source (kalakarmi.com)