जेनजी आन्दोलनलाई जनआन्दोलनको रूपमा घोषणा गर : सांसद न्यौपाने
ratopati.com · Wed Sep 09 08:21:45 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले जेनजी आन्दोलनमा सहभागी युवाहरूमाथि राज्यले गरिरहेको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद न्यौपानेले आन्दोलनकारी युवाहरू अहिले पनि जेलमा रहनु र अदालत धाउनुपर्ने बाध्यता रहनु लज्जास्पद भएको बताए ।
सांसद न्यौपानेले भने– ‘रसुवाको भोटेकोशीमा आएको बाढीले पारेको क्षति प्राकृतिक मात्र होइन, अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनको परिणाम हो। यही विपद्को समयमा आफ्ना सन्तान गुमाएका आमाहरूले जेनजी आन्दोलनलाई संस्थागत गर्न नसक्दा र उचित न्याय नपाउँदा आत्मदाहको प्रयाससम्म गर्नुपर्ने अवस्था सिर्जना भयो।’
Read full story at source (ratopati.com)