सडक दुर्घटनामा प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु
ratopati.com · Wed Sep 09 08:25:48 GMT 2026

सुनसरी । सुनसरीमा भएको सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको छ । दुहवी नगरपालिका–११ सिमरबनास्थित पुलबाट मङ्गलबार साँझ बा७५प ३११० नम्बरको मोटरसाइकल खस्दा गढी गाउँपालिका–२ का ५५ वर्षीय प्रकाशलाल थान्दारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
उक्त दुर्घटनामा गम्भीर घाइते थान्दारलाई विराट शिक्षण अस्पताल पुर्याइएकामा उपचारका क्रममा निधन भएको थियो । मृतक थान्दार रेडियो नेपाल तारिणीप्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगरमा प्राविधिक अधिकृतका रूपमा कार्यरत रहेका थिए ।
Read full story at source (ratopati.com)