भाेटेकाेशी बाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
ratopati.com · Wed Sep 09 08:36:25 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतकाे अर्थ समितिले भाेटेकाेशी बाढीबाट अर्थतन्त्रमा पारेको प्रभाव, विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ । अध्ययन तथा विश्लेषण गर्न सांसद सुशिल खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ ।
प्रतिनिधिसभा,अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले खड्कको संयोजकत्वमा उक्त उपसमिति गठन गरेको हो । उपसमितिको सदस्यमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहेका छन् ।
Read full story at source (ratopati.com)