चाँगुनारायणलाई ‘योगनगर’ घोषणा
lokaantar.com

भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक पर्यटकीय क्षेत्र चाँगुनारायण नगरपालिकालाई आज ‘योगनगर’ घोषणा गरिएको छ ।
चाँगुनारायण नगरपालिका–७ स्थित विद्युत् तालिम केन्द्र, खरीपाटीमा आज नगरपालिकाद्वारा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घोषणापत्र वाचन गर्दै चाँगुनारायणलाई ‘योगनगर’ घोषणा गरेका हुन् । उनले सो अवसरमा ‘चाँगु योग ज्योति सन्देश’ स्मारिकाको विमोचन समेत गरे ।
Read full story at source (lokaantar.com)