इमर्जिङ्ग नेपालको साढे ८ लाखभन्दा बढी कित्ता शेयर विक्रीमा
arthasansar.com · Wed Sep 09 08:54:34 GMT 2026

इमर्जिङ्ग नेपाल लिमिटेडको कुल ८ लाख ५७ हजार ५३९ कित्ता शेयर आधारभूत शेयरधनीहरुले विक्री गर्ने भएका छन् । कम्पनीले सूचना जारी गर्दै ६ जना आधारभूत शेयरधनीहरुले उल्लेखित कित्ता शेयर विक्री गर्नका लागि आशय सहितको निवेदन पेश गरेको जानकारी दिएको हो ।
सूचीकृत कम्पनीहरुलाई दिएको निर्देशन बमोजिम आधारभूत शेयरधनीहरुले आफूले धारण गरेको शेयरको ५ प्रतिशत वा सोभन्दा बढी शेयर विक्री गर्नुभन्दा १५ दिन आगाबै जानकारी दिनुपर्ने हुन्छ । सोही व्यवस्था अनुसार कम्पनीले आगामी तीन महिनाभित्र विक्री गर्ने गरी निवेदन पेश भएको जानकारी नेप्सेमार्फत गराएको हो ।
Read full story at source (arthasansar.com)