बेपत्ता नागरिकको खोजी तीव्र पार्न र तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्न सांसद दुलालको माग
hamrakura.com · Wed Sep 09 00:00:00 GMT 2026

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका नागरिकहरूको खोजी कार्यलाई प्रभावकारी र निरन्तर रूपमा अगाडि बढाउन सरकारसँग जोडदार माग गरेका छन्।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दुलालले गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोक जिल्लाबाट मात्रै २ सय ३९ जना नागरिक अझै बेपत्ता रहेको संसद्लाई जानकारी गराए। बेपत्ता नागरिकहरूको अवस्था अझै अज्ञात रहेकाले उनीहरूको खोजी कार्यमा कुनै कमी हुन नदिन उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए।
Read full story at source (hamrakura.com)