बाढीपीडितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु
bishowkhabar.com · Wed Sep 09 08:56:34 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि सरकारले अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण सुरु गरेको छ ।
शहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा टोली खटाएर प्रभावित परिवारको आवश्यकता पहिचान गर्न सर्वेक्षण गरिरहेको हो । सघन सहरी तथा भवन निर्माण आयोजना धादिङका प्रमुख इन्जिनियर ससिन्द्र घिमिरेका अनुसार एक साताभित्र सर्वेक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
Read full story at source (bishowkhabar.com)