राहतका नाममा थप असुरक्षा नहोस् : सांसद धिताल
kendrabindu.com · Wed Sep 09 08:55:28 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार व्यवस्थापन गर्दा महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र गरिमालाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेकी छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै धितालले भदौ १० गते रसुवामा भोटेकोशी उर्लिँदा पाँच जिल्लाका ४९ वडामा ठूलो जनधनको क्षति भएको बताइन्। सरकारी तथा सामुदायिक तहबाट भएको उद्धार र राहतका कारण करिब ४ हजार प्रभावित नागरिक अहिले होल्डिङ सेन्टरमा आश्रित रहेको उनले जानकारी दिइन् ।
Read full story at source (kendrabindu.com)