हिमालको निगरानी, सीमापार पूर्वसूचना प्रणाली र जलवायु अनुकूलनलाई राष्ट्रिय प्राथमिकता बनाउन माग
hamrakura.com · Wed Sep 09 00:00:00 GMT 2026

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाकी) सांसद विदुषी राणाले हिमाल तथा हिमनदीको निगरानी, सीमापार पूर्वसूचना प्रणाली तथा जलवायु अनुकूलनका संरचना निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग जोडदार माग गरेकी छिन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद राणाले विश्वव्यापी जलवायु परिवर्तनका कारण हिमनदीहरू पग्लिने क्रम तीव्र बन्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै हिमाल र हिमनदीको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी कुनै सामान्य दुर्घटना मात्र नभई हिमालय क्षेत्रले दिएको गम्भीर चेतावनी भएको उनको भनाइ थियो।
Read full story at source (hamrakura.com)