नक्कली विज्ञप्तिको भर परेर पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मोत्सवबारे समाचार बनाउँदा चिप्लिए मिडिया
techpana.com · Wed Jun 17 09:56:03 GMT 2026

काठमाडौँ । बुधबार दिउँसो अनलाइन न्युज पोर्टल ‘रातोपाटी’, ‘नेपाल प्रेस’ लगायतमा पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनको अवसरका २३ असारमा निर्मल निवास तीन घण्टाको लागि सर्वसाधरणका लागि खुला हुने भन्दै समाचार प्रकाशित भयो । पूर्वराजा शाहका ‘सम्वाद सचिव ‘फणिराज पाठक’ ले विज्ञप्ति जारी गरेरे जानकारी दिएको’ भन्दै २३ असार ११ बजेदेखि २ दिउँसोसम्म निर्मल निवास खुला हुने समाचारमा उल्लेख थियो । यही दाबी सहितको विज्ञप्ति सामाजिक सञ्जालमा कयौँ प्रयोगकर्ताले शेयर समेत गरे ।
तर, पछि उक्त दाबी झुटो भएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहका सम्वाद प्रमुख पाठकले खण्डन गरे । पाठकको खण्डनपछि बल्ल सञ्चार माध्यमले आफूले आधार मानेको विज्ञप्ति गलत भएको र आफूले गलत समाचार सम्प्रेषण गरेको थाहा पाए । त्यसपछि ‘रातोपाटी’, ‘नेपाल प्रेस’ ले समाचार सच्याएका छन् । तर, सामाजिक सञ्जालमा सार्वजनिक कतिपय पेजहरूले भने झुटो विज्ञप्ति अझै पनि हटाएका छैनन् ।
Read full story at source (techpana.com)