भोटेकोशी बाढीपीडितको अस्थायी बसोबासका लागि सर्वेक्षण सुरु
barnanmedia.com · Wed Sep 09 09:07:26 GMT 2026

भोटेकोशी नदीको बाढीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका परिवारका लागि सरकारले अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण सुरु गरेको छ।
शहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित जिल्लामा टोली खटाएर ‘कोबो टुलबक्स’मार्फत आवश्यकता मूल्याङ्कन गरिरहेको छ। सर्वेक्षणमा परिवारको विवरण, घरको क्षतिको अवस्था, दिवंगत तथा बेपत्ता सदस्य, जग्गाको उपलब्धता, अस्थायी आश्रय वा भाडामा बस्ने रुचिलगायत खानेपानी, सरसफाइ र अन्य आवश्यकताबारे जानकारी संकलन गरिनेछ।
Read full story at source (barnanmedia.com)