चार सांसदको कारबाही फिर्ता लिन जसपा नवलपरासीको माग
ratopati.com · Wed Sep 09 09:30:03 GMT 2026

बुटवल । जनता समाजवादी पार्टी (जसपा) नेपाल नवलपरासीले लुम्बिनी प्रदेशका चार जना सांसदको पक्षमा उभिँदै उनीहरूमाथि गरिएको कारबाही तत्काल फिर्ता लिन माग गरेको छ ।
जसपा नेपाल नवलपरासीका जिल्ला अध्यक्ष मुकुरजी गिरीको अध्यक्षतामा बसेको बैठकले चार सांसदलाई गरिएको कारबाहीले लुम्बिनी प्रदेशमा पार्टी संगठन कमजोर हुने निष्कर्ष निकाल्दै उनीहरूको पार्टी पद तत्काल बहाल गर्न माग गरेको हो ।
Read full story at source (ratopati.com)