कलाकार संघको ३८औँ स्थापना दिवसमा ८६ जनाले गरे रक्तदान, बाढीपीडितका लागि चार लाख संकलन
ajakoartha.com · Wed Sep 09 09:40:00 GMT 2026

काठमाडौं- नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ। मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा विशेष समारोह आयोजना गरी संघले स्थापना दिवस मनाएको हो।
स्थापना दिवसको अवसरमा संघले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ बृहत् रक्तदान तथा राहत संकलन कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, प्राविधिक, चलचित्रकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
Read full story at source (ajakoartha.com)