फिल्म ‘अक्षरा’को रिलिज स्थगित
ratopati.com · Wed Sep 09 09:46:05 GMT 2026

काठमाडौं । फिल्म ‘अक्षरा’को प्रदर्शन स्थगित भएको छ । आगामी शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्मको प्रदर्शन अहिलेलाई स्थगित गरिएको हो । देशमा प्राकृतिक विपत्ति परेको समय फिल्मको प्रदर्शन गर्नु उचित नरहेको भन्दै निर्माण संस्था क्षीत बाबु प्रोडक्सनले एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन स्थगित गरेको हो ।
अब यो फिल्म आगामी मंसिर २४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने निर्माताद्धय उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले जारी गरेको विज्ञप्तिमा उल्लेखछ ।
Read full story at source (ratopati.com)