प्राविधिक समस्याका कारण बेलायतमा एक हजारभन्दा बढी उडान रद्द
gorkhapatraonline.com · Wed Sep 09 09:48:43 GMT 2026

बेलायतको हवाई यातायात सेवामा देखिएको प्राविधिक समस्याका कारण मंगलबार देशभर एक हजारभन्दा बढी उडान रद्द भएका छन् । बेलायतको राष्ट्रिय हवाई यातायात सेवा संस्थाले मंगलबार दिउँसो आफ्नो उडान व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या देखिएको जानकारी दिएको थियो ।
समस्याका कारण देशभरका विमानस्थलबाट हुने उडान प्रभावित हुँदा ठूलो संख्यामा उडान ढिला भएका तथा रद्द गरिएका थिए । प्राविधिक समस्याको प्रभाव बेलायतका प्रमुख विमानस्थलमा समेत परेको थियो । लन्डनको हिथ्रो विमानस्थल, एडिनबर्ग विमानस्थल र म्यानचेस्टर विमानस्थललगायतमा उडान सञ्चालन प्रभावित भएको उडान अनुगमनसम्बन्धी तथ्यांकले देखाएको छ ।
Read full story at source (gorkhapatraonline.com)