राष्ट्रपति, प्रधानमन्त्री लगायतले विदेशमा पाएको उपहार व्यक्तिको कि देशको ?
clickmandu.com · Wed Sep 09 09:35:08 GMT 2026

काठमाडौं । सरकारका अति विशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीहरू (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुलगायत) ले सार्वजनिक पदमा बहाल रहँदा प्राप्त गर्ने मायाको चिनो वा उपहारहरू कसको हुन्छ ? त्यस्ता उपहार निजी हुन्छन् कि सरकारी ? यो बहसमा सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ ।
सर्वोच्चले सरकारका अति विशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीहरूले सार्वजनिक पदमा रहेको बेलामा प्राप्त गर्ने उपहार कुनै निजी सम्पत्ति नभई सार्वभौम जनताका तर्फबाट प्राप्त ‘राज्यको सम्पत्ति’ भएको ठहर गर्दै ती उपहारको पारदर्शिता र व्यवस्थापनका लागि ऐतिहासिक निर्देशनात्मक आदेश जारी गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश नृपध्वज निरौलाको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो ।
Read full story at source (clickmandu.com)