नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक सदनमा प्रस्तुत
nepalnews.com · Wed Sep 09 09:51:05 GMT 2026

काठमाडौं । प्रतिनिधिसभामा ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत भएको छ। सभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक प्रस्तुत गरिन्।
त्यसअघि मन्त्री गौतमले उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावमाथि कुनै पनि विरोधको सूचना प्राप्त नभएको जानकारी गराए। त्यसपछि मन्त्री गौतमले सो विधेयक सभामा प्रस्तुत गरिन्।
Read full story at source (nepalnews.com)