‘जेनजी’ आन्दोलनको सुनामीबाट पर्यटन बजार अझै उठ्न सकेको छैन
ratopati.com · Wed Sep 09 10:15:00 GMT 2026

‘जेनजी’ आन्दोलन अकस्मात् भएको आन्दोलन हो । यसैका कारण पर्यटकले आफ्ना बुकिङहरू रद्द गरे । वास्तवमा भ्रमण योजना (ट्राभल प्लान) परिवर्तन वा रद्द गर्नुपर्ने कुनै कारण थिएन, तर एक्कासि आन्दोलन भयो र पर्यटक आउने क्रम रोकियो ।
‘जेनजी’ आन्दोलनपछि हामीले दुई प्रकारको क्षति व्यहोर्यौँ । पहिलो, आन्दोलनका कारण होटल तथा रेस्टुरेन्टका संरचनाहरूमा क्षति पुग्यो । पर्यटन उद्योगले त्यसको प्रत्यक्ष मार खेप्नुपर्यो । दोस्रो, मुख्य क्षति डेढ महिनासम्मको अवधिमा भयो । आन्दोलनपछि जति पर्यटक आए, उनीहरूले गर्ने खर्च, पदयात्रा (ट्रेकिङ), होटल बसाइ र रेस्टुरेन्टको खर्च स्वाट्टै घट्यो । खासमा यस क्षेत्रमा भएको यथार्थ क्षतिको लेखाजोखा कसैले निकाल्नै सकेको छैन ।
Read full story at source (ratopati.com)