माओवादी महाधिवेशनमा प्रचण्डलाई प्रश्नैप्रश्न, पाँचौँ दिनमा के–के भयो ?
farakdhar.com · Thu Dec 30 16:23:16 GMT 2021
आठौँ महाधिवेशनको दौरानमा रहेको माओवादी केन्द्रभित्र नेतृत्व चयनको प्रक्रिया पेचिलो बन्दै गएको छ । राष्ट्रिय सम्मेलनको प्रचार गरेर महाधिवेशनमा परिणत गरेपछि नेतृत्व चयन प्रक्रिया र व्यक्तिबारे अझै चर्चा बढेको छ ।
आज महाधिवेशनको पाँचौ दिन । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गत ११ गतेदेखि महाधिवेशन जारी छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो समय लगाएर तयार पारेको राजनीतिक दस्तावेजमाथि ३ दिनसम्म बहस चल्यो । महाधिवेशनको बन्दसत्रअघिसम्म गोप्य राखिएको दस्तवेजमाथि २५ समूहले छुट्टाछुट्टै निष्कर्ष सुनाइसकेका छन् । यसबारे अध्यक्ष प्रचण्डले भोलिको बन्दसत्रमा स्पष्टीकरण दिने कार्यक्रम रहेको छ ।
Read full story at source (farakdhar.com)