‘अन्तिम संस्कार गरौं कि फर्किने आश गरौं ?’ १५ दिनदेखि तारानाथको पर्खाइमा परिवार
kendrabindu.com · Wed Sep 09 10:34:48 GMT 2026

काठमाडौं । ‘अन्तिम संस्कार गरौं कि आफ्नो मान्छे फर्किने आश गरौं ?’ यो एउटा रसुवा बाढीमा बेपत्ता परिवारको चित्कार हो । बाढी आएकै दिनदेखि श्रीमान सम्पर्कविहीन भएपछि रामेछापकी सुमित्रा चौलागाईँलाई ठूलो बज्रपात परेको छ । सँगै जीवन बिताउने कसम खाई अग्निकुण्डमा सातफेरो लगाएका श्रीमान एक्कासी बेपत्ता हुँदा उनी भावविह्ल छिन् ।
रामेछापको दोरम्बाका ५३ वर्षीय तारानाथ चौलागाइँ बेपत्ता भएको आज १५ औँ दिन पुगिसक्यो । यतिबेला उनको परिवार उनी भेटिने झिनो आश र कतै बाढीले निल्यो कि ? भन्ने त्राससँगै छटपटाइरहेका छन् । लामो समयदेखि परिवार उनको पर्खाइमा छ । फोनको घण्टी बज्दा उनकै खबर आयो की भनेर मोबाइल हेर्छन् र भक्कानिन्छन् ।
Read full story at source (kendrabindu.com)