बाढीले क्षति गरेका नेपाल टेलिकमका १ हजार ९३ एफटीटीएच लाइन पुनः सञ्चालन
lokaantar.com

यही भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको पुनःसञ्चालन कार्य सम्पन्न भएको छ ।
बाढीले रसुवागढी र बेत्रावतीमा एक–एक गरी दुई वटा ओएलटी, रसुवागढीमा एक, बेत्रावतीमा एक र त्रिशूलीमा तीनवटा गरी पाँचवटा एफडीसी तथा करिब १२८ किलोमिटर एरियल अप्टिकल फाइबर केबल बगाएको थियो । त्यसबाट उक्त क्षेत्रमा सञ्चालित कूल १ हजार ५४४ एफटीटीएच लाइन पूर्ण रूपमा प्रभावित भएका थिए ।
Read full story at source (lokaantar.com)